ADS ARE HERE
हृयूजको सम्झनामा गर्ने भनिएको खेल हुन सकेन
ADS HERE

phillip_hughes

२९ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको विवादका कारण फिलिप हृयुजको सम्झना हुने नेपाल र अष्ट्रेलियाबीचको खेल हुन सकेन ।
बलले लागेर निधन भएका अष्ट्रेलियन क्रिकेट हृयूजको सम्झनामा नेपालले गत वर्ष चैत २८ मा कीर्तिपुरमा खेल गरेको थियो ।
र, अष्ट्रेलिया क्रिकेट बोर्डले हरेक वर्ष खेल गर्ने र नेपालमा टिम पठाउने प्रतिवद्धता जनाएको थियो । अष्ट्रेलिया क्रिकेट अहिले पनि आफ्नो बचनमा प्रतिवद्ध रहेको बताइएको छ ।
तर, नेपाली क्रिकेटको नियमनकारी निकाय नेपाल क्रिकेट संघ क्यान आन्तरिक विवादमा रहेकाले यो वर्ष हुन सकेन । क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेले २०१६ भित्रै खेल गर्ने जानकारी दिएकी छिन् ।

0 comments

Write Down Your Responses